• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थप १३८० जनामा कोरोना संक्रमण पुष्टि,१९ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप १३ सय ८० जनामा  संक्रमण पुष्टि भएको छ ।

 

योसंगै कुल संक्रमितको सख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पछिल्लो चौबीस घण्टामा करीब ९ हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३८० जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । 

 

आज ५ सय १५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ११ हजार १ सय ८६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले  उल्लेख गरेको  छ ।


पछिल्लो २४ घन्टामा १९जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट  १४५४ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार