• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न नेता सिंहको आग्रह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन जोडदार माग गरेका छन् ।

 

संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको सिंहले गुनासो गरे । नेता सिंहले अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्ने माग गरेका छन ।

 

काठमाडौंको नागार्जुन नगरपालिकाले गरेको एक कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै वर्तमान सरकार भ्रष्ट भएको पनि बताए ।

 

आपसी खिचातानीमा अल्झिने र देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न पार्टीका नेताहरुलाई  नेता सिंहलेआग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार