• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

उद्योग वाणिज्य महासंघ निर्वाचन : हालसम्म ६५ प्रतिशत मत खस्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । हालसम्म जिल्ला नगर, वस्तुगत र एशोसियट्स समेत गरि उक्त परिमाणमा मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

हालसम्म ७० वटा जिल्ला नगर, ६५ एशोसियट्स र ६०० जना एशोसियट्स सदस्यले मतदान गरेका छन् । जिल्ला नगरतर्फ १ सय ७, वस्तुगतमा १ सय ३ र एशोसियट्समा ९ सय २३ जनाको मताधिकार छ । 

 

बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना थाल्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार