• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

नेकपा सचिवालय बैठक सुरु, अध्यक्ष ओली लिखित जवाफ दिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलील दिने कार्यसूची रहेको छ ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको बताएका छन्। ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । 

 

यसअघी सचिवालय बैठकको पूर्वसन्ध्यामा शुक्रबार साँझ सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको थियो । पोखरेल गौतमलाई भेट्न गौतम निवास भैसेपाटी पुगेका थिए ।  

 

झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग प्रचण्डको पक्षमा छन् भने ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार