• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गत आज ७ फिल्महरु प्रदर्शन 

काठमाडौं। बुधबारबाट सुरु भएको ८ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आज तेस्रो दिन (शुक्रबार) ७ फिल्महरु प्रदर्शन भए। फिल्महरु भर्चुअल माध्यम बाट प्रदर्शन भएका थिए ।

 

स्पेनको 'फोर्स अफ नेचर', क्यानाडाको 'डाउन टु अर्थ', 'केनिन', नेपालको 'चित्रापुरी नगर, फिनल्याण्डको 'साम्पी', जर्मनीको 'डस्ट' र कंगो कलिंग' प्रदर्शन भएका थिए । 

 

मंसिर १५ सम्म चल्ने महोत्सवमा २९ देशका कुल ५२ फिल्महरु प्रदर्शन हुँदैछन् । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, लघु फिल्म, एनिमेटेड लगायतका विधाका फिल्महरु समेटिएका छन् । यससंगै महोत्सवमा विभिन्न बिषयमा अन्तरक्रियात्मक कार्यक्रमहरु पनि संचालन हुँदैछन् । 

 

महोत्सव मानव अधिकार चलचित्र केन्द्रको आयोजना र राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड, युरोपियन युनियन लगायतको सहकार्यमा महोत्सव आयोजना भएको हो । यी फिल्महरु 'चलचित्र टिभी' एप मार्फत पनि हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार