• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, हिंसा नगर्ने प्रतिवद्धता

बाजुरा । महिला हिंसा विरुद्धको १६ दिने अभियानको तेस्रो दिन बाजुरामा हिंसा नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर अभियान गरिएको छ ।  

 

बाजुराको सदरमुकाम मार्तडी स्थित लोकतान्त्रिक चोकमा सडकमा हिड्ने बटुवा देखि कार्यालय प्रमुखसम्मका व्यक्तिहरुले हिंसा नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन् ।

 

महिला हिंसा गर्ने छैनौ भन्ने प्रतिवद्धता सहित बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे, हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, सरकारी तथा गरसरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी सहित १७१ जनाले प्रतिवद्धता सहित हस्ताक्षर गरेको सहास नेपालका प्राविधिक सहायक रिता शाहीले जानकारी दिइन । हस्ताक्षर कर्ताहरुलाई महिला हिंसा विरुद्धका प्रर्चा पम्पलेट समेत वितरण गरिएको थियो ।

 

यस १६ दिन अभियानमा  सरकारी तथा गैरसरकारी तथा गैरसरकारी कार्यालयले संयुक्त रुपमा प्रत्येक दिन हिंसा विरुद्धका फरक फरक कार्यक्रम गर्दै हिंसा अन्त्य गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार