• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

सीमा समस्या सहमतिमा टुङ्ग्याउन दुई देश सहमत

काठमाडौं । नेपाल तथा भारतीय टोलीले आफ्नो सीमासम्बन्धी समस्या आवश्यक परामर्श गरी  समाधान गर्ने सहमति जनाएको छन् । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेतृत्वको भारतीय प्रतिनिधि टोलीसँग भएको छलफलमा सो सहमति जनाएका हुन ।

 

सीमामा व्यापार र बाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरुको सक्रिय कार्यान्वयनको सुनिश्चित गर्न भारतीय सरकारले खेलेको भूमिकाको नेपाल सरकारले प्रशंसा गरेको छ । 

 

नेपालस्थित भारतीय राजदूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुवै परराष्ट्र सचिवले सीमासम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गरे ।”

 

उच्चस्तरीय दुईपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशबीचको परम्परागत रुपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन दुवै देश सहमत भएको दूतावाससद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । छलफलमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ, मैत्रीपूर्ण र मजबुत बनाउन दुवै देशका नेतृत्व सहमत भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार