• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

गोर्खाली बहादुर छन् भनेर संसारभर चिनिएका छन् : भारतीय विदेश सचिव श्रृंगला

गोरखा । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले संसारले बहादुरीको रुपमा सम्मान गरेको गोर्खाली भूमिमा आउन पाउँदा खुसी लागेको बताएका छन्।

 

नेपाल भ्रमणमा रहेका सचिव श्रृंगला शुक्रबार भारतको सहयोगमा निर्माण भएका बिद्यालयहरुको उद्य्घाटनमा लागि गोरखा पुगेका हुन। कार्यक्रममा बोल्दै उनले विश्वमा बहादुरी नामले कहलिएका गोर्खालीहरुको भूमिमा भ्रमण गर्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया दिए

 

सचिव श्रृंगला शुक्रबार हेलिकप्टर मार्फत गोरखा भ्रमणमा गएका हुन । ‘गोर्खाली बहादुर छन् भनेर संसारभर चिनिएका छन्, त्यो गर्विलो परिचय दिलाउने भूमिमा आउन पाउँदा धेरै खुसी लागेको छ’,श्रृंगलाले भने । 

 

भारतको सहयोगमा बनेको तीन वटा सरकारी विद्यालय भवन उद्घाटन गर्न सचिव श्रृंगला गोरखा पुगेका हुन । २०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि भारत सरकारको सहयायोगमा गोरखामा ३ विद्यायको निर्माण सम्पन्न भइसकेका छन् । उनले निर्माण सम्पन्न भएका ३ वटै बिद्यालयहरुको एकैपटक संयुक्त रुपमा उद्घाटन गरे । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार