• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

आज हिमपात र वर्षाको सम्भावना,भोली देखि मौसम सफा हुने

काठमाडौं ।आज (शुक्रबार) देशका विभिन्न भू–भागमा  पानी  पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

 

पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम भोली शनिबारदेखि सफा हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमश : हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।

 

उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भईसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ । 

 

आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली  छ ।

 

प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।

 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ । 

 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार