• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

इतिहास मेट्ने दुष्प्रयास

कुनैपनि मुलुकमा आन्दोलन, स्वतन्त्रता संग्राम वा बन्द–हडताल हुँदा भिडले सडकका चोकहरुमा र सार्वजनिक स्थानहरुमा स्थापना गरिएका सालिक, स्मारक तथा धार्मिक स्थलहरुमा तोडफोड र आगजनी गर्ने कार्यहरु निकै घृणित हुन् तर त्यस्ता कार्यहरु चरम उत्तेजनामा गरिने भएकाले कुनै अचम्मको कुरा भने होइन । तर राज्य, केन्द्रिय, प्रान्तीय वा स्थानीय सरकारले नै यस्ता स्मारक, शालिक, मुर्ती तथा धार्मिक–सांस्कृतिक महत्वका क्षेत्रहरुको नामो–निशान मेटाएर इतिहास बदल्न खोज्छु भनेर लाग्छ भने त्यो कुनै हालतमा पनि ठिक कुरा होइन । अफगानिस्तानमा करिव दुई दशक अघि तालिवान लडाकुहरुले कावुलबाट १३० किलोमिटर उत्तर पश्चिममा अवस्थित वाम्यान उपत्यकाका पहाडी भिरहरुमा अवस्थित चट्टानहरुमा छैठौँ शताव्दितिर कुँदिएका वामियान वुद्धका आकृतिहरु वम र गोला तथा गोली बर्साएर ध्वस्त बनाए । हाल त्यसको केही अवशेष मात्र बाँकी छ । विश्वले नै निन्दा गरेको यो घटनालाई लिएर केही समय पछि तालिवानका नेताहरु आपैm नै लज्जित र विभाजित भए। 

 

ब्रिटिश भारतमा स्वतन्त्रता संग्रामको बेला कैयन् पार्टीहरुले खुलेआम ब्रिटिश शासकहरुका शालिकहरु र विभिन्न स्मारकहरु तोडफोड गरे भने त्यहाँका जिम्मेवार पार्टीहरु र नेताहरुले जनतालाई त्यसो नगर्न आह्वान गरे । भारत स्वतन्त्र भएपछि पनि केही उग्र पार्टीहरुले ब्रिटिश शासकहरुका शालिकहरु भत्काउने, तोडफोड गर्ने तथा तीनमा कालो मोसो दल्ने काम गरे । तर तत्कालिन नेहरु सरकारले त्यसो गर्न नदिएर बरु त्यस्ता महत्वपुर्ण शालिकहरु सडकबाट संग्रहालयमा लगेर राखे । सम्राट जर्ज पाँचौँको विशाल शालिकलाई दिल्लीको इन्डिया गेटबाट झिकेर कोरोनेशन पार्कमा लगेर प्रतिस्थापित गरे । कलकत्तामा कम्युनिष्ट सरकार आएपछि त्यहाँका सडकबाट निकालिएका कैयन् शालिकहरु पछि पुनः कलकत्ताका सडकका मुख्य चोकहरुमा राखिए भने एउटा शालिक त न्युजिल्याण्ड सरकारले आफ्नो देशमा लग्यो । त्यस्तै आज पनि भारतमा कैयन् पार्क तथा राष्ट्रिय निकुञ्जहरु ब्रिटिशले स्वतन्त्रता अघि राखेका नामले नै चिनिन्छन् ।  हालै म न्युजिल्याण्डको भ्रमणमा छँदा त्यहाँको राजधानी वेलिङ्टनको रेल स्टेशन बाहिर महात्मा गान्धिको पुर्ण कदको शालिक देख्दा निकै खुशी लाग्यो । अमेरिका जस्तो कम्युनिष्ज्म विरोधी राष्ट्रको सियाटल शहरको एउटा सडकमा समेत लेनिनको शालिक राखिएको छ । त्यस्तै वेलायतको राजधानी लण्डनको एउटा चिहानमा कार्ल माक्र्स समाधिस्त छन् भने त्यहीँ उनको शालिक पनि राखिएको छ । 

 

चीनमा सांस्कृतिक क्रान्तिका बेला तोडफोड गरिएका मन्दिर र मुर्तीहरुबारे आज आएर त्यही कम्युनिष्ट सरकारको धारणा बदलिएको छ र उनीहरुले चरम पश्चात्ताप सहित त्यस्ता धरोहरहरुको पुनर्निमाणमा निकै श्रम र साधन खर्चिएका छन् । रुसमा कम्युनिज्मको अन्त पश्चात त्यहाँ पनि लेनिन र अन्य नेताहरुको शालिक तोड्ने कार्य केही समयसम्म भयो भने लेनिनको लाश पनि प्रदर्शनमा नराखेर गाड्नु पर्ने कुरा निस्कियो तर पछि आएका सरकारले यस्ता कामलाई हतोत्साहित गरेर इतिहास बनिसकेका त्यस्ता वस्तुहरुको सम्बद्र्धन गर्न जनतालाई आह्वान गरे । त्यस्तै पुर्वी जर्मनीबाट कम्युनिज्म हटाइए पछि वर्लिन वाल भत्काइयो तर त्यसको केही भाग आउँदा पिँढीहरुको अध्ययनको लागि अहिले पनि राखिएको छ । केलाउँदै जाने हो भने यस्ता उदाहरणहरु विश्वका धेरै मुलुकहरुबाट लिन सकिन्छ । त्यसैले विगतमा जे जस्ता राम्रा नराम्रा घटना घटेका भएता पनि इतिहास र कलाको सम्बद्र्धन गर्नु नयाँ पिँढीको कर्तव्य नै हो ।

 

नेपालमा शाह वंशले मल्ल राजाहरुलाई पराजित गरेपछि मल्लकालमा बनेका सबै ऐतिहासिक कलाकारितालाई मुलुकको सम्पत्ति मान्यो भने यहाँ हुने धार्मिक, सांस्कृतिक त्रृmयाकलापहरु र जात्राहरुलाई पनि निकै महत्व दियो । राणा शासनकालमा वेलायतमा बनाएर ल्याइएका राणा शासकहरुका शालिकहरु पनि राणा शासन पश्चात तोडफोड गरिएनन् । बरु जुद्ध शमशेर जस्ता निर्मम शासक जसले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ जस्ता प्रजातन्त्रका लागि लड्ने अग्रज नेताहरुलाई मृत्युदण्ड दिनुका साथै टंकप्रसाद आचार्य लगायत प्रजा परिषदका धेरै कार्यकर्ताहरुलाई कठोर आजिवन कारावासमा राखेका भएता पनि उनको शालिक आजसम्म सो सडकको नाम जुद्धसडक नै कायम गरी सजाएर राखिएको छ भने बाँकी शासकहरुको शालिक टुँडिखेलको चारै तिर कुनामा सुरक्षित राखिएको छ । ती शासकहरु निर्मम भएतापनि तीनका शालिकहरु कुनै कलाकारले बनाएको कला हुन् । त्यसैले त्यस्ता कलालाई तोडफोड गर्दैमा राणा शासनको कालो इतिहासलाई मेटाउन सकिन्न अनि ती शालिकबाट फेरी त्यस्ता शासकहरु व्युँझिएर पनि आउँदैनन् । त्यसैले डराउनु पर्ने वा घृणा गर्नुपर्ने कुनै कुरै छैन ।

 

पछिल्लो समयमा नेपालमा प्रथम जनआन्दोलन सकिए पछि मुलुकका विभिन्न ठाउँमा राखिएका राजा त्रिभुवन, महेन्द र वीरेन्द्रका शालिकहरु तोडफोड गरेर हटाइयो । धरानमा स्वामी प्रपन्नाचार्यको शालिक समेत भत्काइयो । त्रिभुवन पार्कमा राजा त्रिभुवनको शालिक अहिले पनि बेवारिसे हालतमा भत्काएर फ्याँकिएको छ । त्यस्तै त्यसपछिका जनयुद्ध र जनआन्दोलनमा पनि राजा पृथ्वीनारायण शाह, त्रिभुवन र अन्य व्यक्तिका शालिक र कैयन् ऐतिहासिक दरवारहरु ध्वस्त पारिए । कुनैबेला राजा–महाराजाले उपभोग गरेका त्यस्ता पुराना दरवारहरु पनि आज हाम्रा ऐतिहासिक धरोहर हुन् भन्ने कुरा नेता तथा उनका कार्यकर्ताहरुले बुझ्न चाहेनन् वा उनको बुझाई अर्कै थरीको भइदियो । राजनीतिक रिस इविले गर्दा हुने यस्ता क्रियाकलापले मुलुककै इतिहास र कलाकारिताको हत्या हुन जान्छ ।

 

राजा महेन्द्रले आफ्नो नीजि रकमसमेत खर्चेर बनाउन लगाएको प्रज्ञा भवनमा उनैको शालिक तोडफोड गरिएको थियो, तर पछि फेरी प्रजातान्त्रिक सरकारले नै सो शालिकलाई पहिले कै ठाउँमा प्रतिस्थापित गरिदियो । गणतन्त्र पश्चात नारायणहिटी राजदरवारलाई संग्रहालयमा परिणत गरियो भने सोको अवलोकन गर्न गएका गिरिजाप्रसाद कोइराला, प्रचण्ड तथा अन्य नेताहरु समेत निकै भावुक भएका थिए । हालै पर्यटन मन्त्री योगेश भट्टराईले वीरेन्द्रको नीजि भवनलाई पनि नारायणहिटी संग्रहालयको हिस्साको रुपमा खुला गरेर उद्घाटन गरे भने त्यतिबेला उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण नगरेको भए हामी पनि वेलायतीको उपनिवेश हुने थियौँ भने । त्यसैले इतिहासलाई जति नै मेट्न वा बङ्ग्याउन खोजिए पनि समयको भुमरीले फेरी त्यसलाई यथास्थानमा नै ल्याइदिन्छ । 

 

आज राजधानीका विभिन्न सडकका चोकहरुमा शाह वंशका पाँच जना राजाहरु पृथ्वीनारायण, पृथ्वी वीर विक्रम, त्रिभुवन, महेन्द्र र वीरेन्द्रका शालिकहरु अवस्थित छन् भने सबैजसा राणा प्रधानमन्त्रीहरुका शालिकहरु टुँडिखेल परिसर भित्र राखिएका छन् । टेकुमा महेन्द्रको शालिक तोडफोड भएपछि लेखनाथ पौड्यालको शालिक राखियो । अभैm पनि भानुभक्त, मोतीराम, लक्ष्मीप्रसाद, सिद्धिचरण, माधव घिमिरे आदी राष्ट्रिय र शङ्खधर शाख्वा, विद्यापति, अलि मिया तथा अन्य स्थानीय साहित्यकारहरुको पुर्णकदका शालिक चोक चोकमा ठडिन बाँकी नै छ । त्यस्तै नेपाल एकिकरणका अर्का नायक बहादुर शाह, कालु पाँडे, दामोदर पाँडे, बिसे नगर्ची, राजनेताहरु टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी आदीको शालिक राज्यले काठमाडौँका मुख्य सडकका चोकहरुमा राख्ने काम गरेकै छैन । तर उनिहरु जति ख्याती नभए पनि काठमाडौंका मेयरलाई पद्मरत्न तुलाधरको शालिक रत्नपार्कमा राख्न र यो पार्कको नाम फेर्न हतार भइसक्यो । भन्नै पर्दा अरनिको र भृकुटीका शालिक पनि त मुख्य चोकमा हुनु पर्ने होइन र ? 


सबैका शालिक सडकका चोकमा राख्न स्थानाभाव हुन्छ भने एउटा साहित्य वाटिका बनाएर साहित्यकारहरुको शालिक त्यहाँ स्थापना गर्नु, संगित वाटिका बनाएर सुप्रसिद्ध गित–संगितकर्मीहरुको शालिक त्यहाँ स्थापना गर्नु, टुँडिखेल भित्र सर्वसाधारणले नदेख्ने ठाउँमा राखिएका राणा प्रधानमन्त्रीहरुका शालिकहरु र जनताले तोडफोड गरेर लावारिस बनेका राजाहरु र कान्ति, इश्वरी, इन्द्रराज्य र रत्नराज्य जस्ता रानीहरुका कैयन् शालिकहरु खोजेर नारायणहिटी भित्र एउटा शालिक पार्क बनाएर स्थापना गर्नु राम्रो हुन्छ । तर चाहे त्यो जुद्धशमशेरको शालिक होस् वा शाहवंशीय राजाहरुका विभिन्न ठाउँमा रहेका पाँच शालिकहरु र मुलुकका विभिन्न ठाउँमा अवस्थित शालिकहरु हुन्, तिनलाई यथास्थानमा नै सुरक्षित राख्नु उपयुक्त हुन्छ । 

 

जहाँसम्म रत्नपार्कको कुरा छ, वि.सं. २०२१ साल तिर बनेको यस रत्नपार्क काठमाडौँ वासीहरुको मात्र नभई मुलुकभरका देशवासीहरुको जिव्रो र मानसपटलमा बसिसकेको नाम हो। भन्ने नै हो भने रत्नराज्य र कोमल मात्र यस्ता शाहवंशीय रानीहरु हुन्, जसले अन्य अधिकांश रानीहरु जसरी मुलुकको शासन प्रणालीमा कहिल्यै हस्तक्षेप गरेनन् । हाल पनि उनि नारायणहिटी राजदरवार भित्र राजमाताको रुपमा शान्तवास गरिरहेकी छन् । तर कहिले उनैलाई दरवार छोड भन्ने, कहिले उनैको घरको विजुली बत्ती काटिदिने र उनैको नाममा बनेको पार्कको नाम बदलेर साम्प्रदायिकतालाई टेवा दिँदै सो पार्कको नाम शंखधर उद्यान राख्ने र त्यहाँ भित्रबाट रत्नराज्यको शालिक उखेलेर शंखधर शाख्वा र पद्मरत्न तुलाधरको शालिक राख्ने भन्दै काठमाडौँका मेयर नचाहिँदा योजना बनाउनमा नै व्यस्त छन् । पञ्चायत रजत जयन्ती पार्कको नाम पछि शंख पार्क राखिएको थियो । बरु त्यस पार्कलाई सुधार गरेर त्यसको नाम शंखधर शाख्वा पार्क बनाउनुका साथै त्यहाँ उनका योगदान र नेपाल सम्वत वारेका महत्वपुर्ण कुराहरु झल्कने शिलापत्रहरु राखे राम्रो हुने थियो नि ।

 

काठमाडौँको फोहरमैलाको स्थायी व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्ती, वातावरण, नदीनाला र ढल व्यवस्थापन, वृक्षरोपण, उद्यान, धार्मिक तथा सांस्कृतिक धरोहरहरुको संरक्षण, बस पार्क, सवारी साधन, प्रदुषण, बालक, वृद्ध, महिला, सिमान्तकृत जनता तथा सुकुम्वासीहरुको लागि ठोस कार्यक्रमहरु, छाडा पशुहरुको उचित व्यवस्थापन, व्यवस्थित वसोवास, नगरको सौन्दर्य अभिवृद्धि, नगरवासीको सुरक्षा, यथेष्ट एम्बुलेन्स र वारुण यन्त्रको व्यवस्था तथा विपद् व्यवस्थापन आदी वारे कुनै काममा ध्यान नदिई इतिहास तोडमोड गर्ने, साम्प्रदायीकता फैलाउने, भृकुटी मण्डप र लगन दरवार जस्ता ऐतिहासिक र सामाजिक धरोहरहरु मासेर व्यापारिक कम्प्लेक्स बनाउने र भइरहेको रत्नपार्कको पुनः न्वारान गरेर गोत्र नै बदल्ने उपद्रो गर्ने कला कहाँबाट सिकेका हुन् हाम्रा मेयरले, बुझ्नै नसकिने भयो । शहरी विकासमा केन्द्रिय सरकारको भन्दा पनि ठुलो भूमिका स्थानीय सरकार र त्यहाँको मेयर तथा उनको टोलीको हुने गर्दछ । 

 

विगतमा घटिसकेका घटनाहरुलाई मेट्छु भनेर कसैले पनि सत्तैmन र त्यस्तो प्रयास पनि गर्नु हुँदैन । इतिहासबाट त वर्तमान र भविश्यका पिँढीहरुले धेरै कुरा सिक्न सक्छन्। कुनै पनि व्यवस्था खराब हुन सक्छ, तर त्यो व्यवस्थामा भएका कैयन् पात्रहरु असल पनि हुन सक्छन् । खराबै व्यक्तिहरुका कर्तुतहरु पढेर पनि हामीले त्यस्ता गल्ती र अपराध आफुबाट आइन्दा नहुने र आफ्ना पिँढीका कसैलाई पनि त्यस्ता कुरा दोहो¥याउन नदिने प्रण गर्न सक्छौँ । त्यसैले पनि इतिहास मेट्ने दुष्प्रयास कतैबाट पनि हुनु हुँदैन ।

 

अष्ट्रेलियाको ब्रिस्बेन शहरको एउटा सडकमा त्यहाँ सन् ६०–७० को दशकमा निकै गहकिला काम गरेका एक जना मेयरको शालिक राखिएको रहेछ । हामी कहाँ शालिक नै बनेर अमर हुने मेयर कहिले निस्किन्छन् होला खै ।  

 

(लेखक विकास अर्थशास्त्री,पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार