• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

ओलम्पियन दिपकलाई कोरोना संक्रमण, अन्य ६ जना संक्रमणमुक्त 

काठमाडौं । तेक्वान्दोका कीर्तिमानी खेलाडी तथा ओलम्पियन दिपक बिष्टलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष समेत रहेका दिपकले बिहीबार आफुलाई कोरोना संक्रमण देखिएको सामाजिक संजाल फेसबुक मार्फत जनाएका हुन्।

 

दिपकले आफुसहित परिवारको ६ जनामा कोरोना संक्रमण देखिएको बताएका छन् । तर, उनले परिवारका अन्य सदस्य भने कोरोनाबाट मुक्त भईसकेको बताएका छन्।

 

दिपकले सामाजिक सञ्जालमा दिपकले लेखेका छन्, 

 

कोरोना संक्रमणको महामारी हाम्रो घरमा पनि पसेरै छाड्यो । ६ जनामा अब कोरोना संक्रमणबाट मुक्त हुन बाँकी म मात्र छु । तपाईहरुको शुभेच्छाले म पनि चाँडै निको हुने विश्वासमा छु । स्वास्थ्य मापदण्डमा पूरा गर्ने कोशिस गर्दा गर्दै सायद आफ्नै कमजोरीले संक्रमण भयो। सकेसम्म संक्रमण हुन नदिन शारीरिक दूरी कायम गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु होला । संक्रमण भईहालेको खण्डमा अलग्गै बसेर सकारात्मक सोचका साथ आराम गर्नुहोला। आफ्नो ख्याल गर्न सबैलाई आग्रह गर्दछु । 

 

धन्यवाद । 

 

जय खेलकुद

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार