• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

'मैसाब' मा कलाकार पल शाह दोहोरो भुमिकामा

काठमाडौं । गायक सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको कवाली शैलीको गीत 'मैसाब' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

 

कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ। बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवालीलाई भिडियोमा देखाइएको छ। 

 

म्युजिक भिडियोमा कलाकार पल शाह दोहोरो भूमिकामा देखिएका छन्। पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसैगरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पा देखिएकी छिन्। 

 

भिडियोमा गायक सत्यराज र स्वरुपराज समेत कवाली गाउँदै गरेका देखिन्छन्।  भिडियोमा सुदीप बरालको छायांकन आलिया गिरीको पहिरन डिजाइनले रहेको छ । गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ। 

 

कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना,कलर रेनिष फागोको रहेको छ। म्युजिक भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार अपरान्ह सार्वजनिक गरिएको हो।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार