• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

पूर्वयुवराज पारस शाहको छातीमा समस्या, स्वास्थ्य सामग्रीसहित होटल मै खटिए चिकित्सक टोली

काठमाडौं । पूर्व युवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ। 

 

नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा मंगलवार साँझ गएर बसेका शाहलाई आज बुधवार साँझबाट छातीमा समस्या देखिएको हो। उनको अहिले उपचार भईरहेको छ।

 

अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ। 

 

शाहमा मुटुसम्बन्धी पुरानो समस्या भएका कारण त्यही समस्या दोहोरिएको हुनसक्ने बताइएको छ। यसअघि शाहलाई तीन पटकसम्म हर्टअट्याक भईसकेको छ।

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार