• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

कप्तान मल्लसहित ३ खेलाडीमा कोरोना पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण देखिएको छ ।

 

कोरोना संक्रमण पुष्टि हुनेमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, ब्याट्सम्यान रोहित पौडेल र स्टाफ प्रदिप लामा रहेका छन् । कप्तान ज्ञानेन्द्रले फेसबुक मार्फत आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन ।

 

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको छ। क्यानले यी चारै जना आइसोलेसनमा बस्ने र ठिक भएपछि प्रशिक्षणमा फर्किने जनाएको छ ।

 

यी चार जनामा कोरोना संक्रमण देखिएसँगै थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार