• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

न्यूजिल्याण्डका बार्कले आईसीसीको नयाँ अध्यक्ष

काठमाडौं । न्यूजिल्याण्डका ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्ष बनेका छन् । दोस्रो चरणको मतदानमा इमरान ख्वाजालाई पराजित गर्दै बार्कले आईसीसीका नयाँ अध्यक्ष चयन भएका हुन् ।

 

मतदानमा १६ भोटमा ११ भोट प्राप्त गर्दै बार्कले अध्यक्षमा निर्वाचित भएका हुन् । पहिलो चरणमा बार्कलेले १० र ख्वाजाले ६ भोट पाएपछि दोस्रो चरणको मतदान भएको हो । अध्यक्षमा निर्वाचित हुनलाई दुई तिहाई मत आवश्यक पर्छ ।

 

बार्कले सन् २०१२ देखि न्यूजिल्याण्ड क्रिकेटको निर्देशकको रुपमा छन् र हाल आईसीसीमा न्यूजिल्याण्डको प्रतिनिधिको रुपमा छन् । आईसीसीको अध्यक्ष चयन भएपछि बार्कलेले न्यूजिल्याण्ड क्रिकेटको निर्देशक पदबाट छाड्नेछन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार