• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

१६ वर्षे अमेरिकी किशोरीको टिकटक फलोअर सङ्ख्या १० करोड नाघ्यो

काठमाडौं । टिकटकमा फलोअरको सङ्ख्या १० करोड नघाउने कीर्तिमान पहिलो पटक एक अमेरिकी किशोरीले बनाएकी छन्।

 

लोकप्रिय भिडियो सेयरिङ माध्यम टिकटक चलाउन थालेको डेढ वर्षमा कनेटिकट निवासी १६ वर्षीया चार्ली डुमिलिओले सर्वाधिक फलोअर बनाउन सकेकी हुन्। केही दिनअघि यूट्यूबमा प्रकाशित एउटा भिडियोमा उनको व्यवहारका कारण उनी विवादमा परेकी थिइन्।

 

उनको परिवारले सञ्चालन गरेको रीयालिटी शृङ्खला 'डिनर विथ द डुमिलिओ' को पहिलो भागमा ती किशोरीले आफ्ना भान्सेसँग अपमानपूर्वक व्यवहार गरेको भनेर आलोचना गरिएको थियो।

 

विरोध स्वरूप ६,००,००० भन्दा बढी मानिसले उनलाई फलो गर्न छोडेका थिए। तर क्षमायाचनासहित आफूले राम्रो व्यवहार गर्ने वाचा गर्दै उनले एउटा भिडिओ प्रेषित गरेपछि उक्त विवाद टुङ्गिएको थियो।

 

टिकटकमा कीर्तिमान बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकहरूलाई ट्विटरमार्फत् धन्यवाद दिएकी छन्। 'दश करोड मानिसले मलाई समर्थन गर्दैछन्... यो वास्तविक हो भनेर म विश्वास गर्न सकिरहेकी छैन,' उनले लेखेकी छन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार