• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

गाउँपालिकामा पहिलोपटक चिकित्सक

गलकोट । जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् ।

 

नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । 

 

सरकारले पाँच श्ययाको कोरोना अस्पताल निर्माण गर्न पठाएको १० लाख बजेटबाट श्यया सेट, आवश्यक उपकरण खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले जानकारी दिए। “अस्पताल तयारी अवस्थामा छ, गाउँपालिकामा जम्मा एकजना मात्रै सक्रिय सङ्क्रमित भएकाले उनी गाउँपालिकाको आइसोलेसनमा हुनुहुन्छ, अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीको मात्रै उपचार गर्नेछ ।” थापाका अनुसार, अस्पताल स्थापनासँगै पहिलोपटक चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ। अस्पतालमा हालै मात्र मेडिकल अधिकृत सुवास लामिछाने नियुक्ति भएर सेवा दिन गाउँपालिका आएका छन् ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार