• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप १७९० जनामा कोरोना संक्रमण पुष्टि,२४ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ रहेका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ३ हजार ७९१ निको भएका छन् । निको हुनेको संख्या २ लाख चार हजार ८५९ पुगेको छ ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।  


 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार