• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

निशान र अर्जुनको नयाँ गीत ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ।

 

‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाईन म्यूजिकबाट सार्वजनिक भएको हो। गीतमा निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ। गीतमा युवा-युवतीको भेटपछि भएका प्रेमका कुराहरु रहेका छन्।

 

गायक भट्टराईले आफुले गाएका गीतमा मन परेका गीत मध्ये यो गीत पनि एक रहेको बताए । संगीतकार पोखरेलले यो गीतबाट आफुले निकै आशा गरेको बताए।

 

सुरेश दर्पण पोखरेलले भिडियोको निर्देशन गरेका छन् । संयुक्त राज्य अमेरिकाका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा भरत सुबेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोबिनोद अधिकारीले छायांकन गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिंग भरत रेग्मीले गरेका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार