• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

रत्‍नपार्कको नाम परिवर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र 

काठमाडौं । राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई  ज्ञापनपत्र बुझाएको छ ।

 

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाईएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए ।

 

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको सिंखडालले बताए ।

 

काठमाडौं महानगरपालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनुपर्ने राप्रपाको माग रहेको छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार