• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालबाट १९ वर्षीया सपना रोका मगर

काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बीबीसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बीबीसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन् । 

 

उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि परेकी छन्। 

 

बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन्। 'यसबाट मैले थप प्रोत्साहन पाएकी छ। अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार