• मंगलबार १०-६-२०७७/Tuesday 01-19-2021
डबली

कवि लोहनीको कविता अब ई–बुकमा 

काठमाडौं । भ्वाइड - एउटा शून्यता, कवि वसन्त लोहनीको अंग्रेजीमा लेखिएको कविता संग्रह अब  ई–बुकमा पनि पढ्न पाइनेछ । १ सय ५० रुपैयाँ तिरेर थुप्रै डटकम मार्फत उक्त कविताहरु पढ्न पाइनेछ । 

 

२००६ मा अक्षर पब्लिकेशनले प्रकाशित गरेको उक्त कविता संग्रहमा विभिन्न पत्रपत्रिका तथा म्यगाजिनमा प्रकाशित भएका लोहनीका कविताहरुको संकलन समावेश छन्। यसमध्य एउटा कविता त्रिभुवन विश्वविद्यालयको अंग्रेजी साहित्यको स्नातकोत्तर तहको पाठ्यक्रमा पनि समावेश गरिएको छ।  

 

१९७२ बाट लेखन यात्रा सुरु भयो लोहनीको, अग्रेजी पत्रिकाहरु - दि कमनर र दि मदरल्याण्डबाट । तर कविताको यात्रा उनको अझ अगाडि बाट नै शुरु भएको थियो। उनी भन्छन्, ‘स्कूल छँदादेखि आफैसँग कवितामा संवाद गर्दा रमाउथे म’। भित्ते पत्रिका र स्कूलको म्यागजिनमा छापिन्थे। यसवारे उनको स्कूलदेखिको साथी अर्थशास्त्री तथा लेखक विनोद सिजापती यसरी लेख्छन्, 

 

" Whenever I think of my laboratory school days I recall you not only as one of my best friend even though we were not in the same grade but more so as a person with exceptional talent in composing a new poem. You had unique ability to spontaneously compose a poem under different circumstances may it be inside the noisey school bus or over crowded play ground. Don't recall any school events without you presenting a newly composed poems. You were an outstanding poet even at that early age. It brings so much joy, happiness and pleasure to go through your poems published regularly in freshnewsnepal.com."

 

कवि लोहनी व्यवसायले उद्योगपती हुन। उनले रुपन्देही उद्योग संघको संस्थापक महासचिव बनेर उक्त संस्थालाई अगाडि बढाउन धेरै नै संघर्ष गर्नुपरेको थियो । आठ वर्षसम्म बुटवलमा उद्योग संचालन गर्दाको उकुसमुकुसको वेला २०३६ जेठ १० गतेको जनमत संग्रहको घोषणाले खोलिदिएको अभिव्यक्ति स्वतन्त्रताको ढोकाबाट वाहिर निस्केका लोहनी वहुदलको लागि भाषण गर्दै हिडे। र, यसै क्रममा उद्योग छोडेर उनी काठमाडौंमा पत्रकारितामा होमिए। साथै प्राध्यापनमा पनि। र, पढाए अर्थशास्त्र।

 

पत्रकारिता गर्दा त्यतिवेलाका वहुदलवादी नेताहरु विशेश्वर प्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, टंक प्रसाद आचार्य, डिल्लीरमण रेग्मी, हृषिकेश शाह लगायतका नेताहरुको अन्तरवार्ता र टिप्पणी उनले आफ्नै सम्पादनको पत्रिका  ‘परिस्थिति’ मा प्रकाशित गरेका थिए। र, गणेशमान सिंहलाई पहिलो पटक  ‘लौह पुरुष’ को सम्बोधन गरेर लेखेका थिए।   
  

यस क्रममा उनले थुप्रै पत्रपत्रिकाहरुमा नियमित रुपमा स्तम्भकारका रुपमा कलम चलाउन थाले ।  दि काठमाडौं पोस्ट, कान्तिपुर, देशान्तर, दि स्पेस टाइम टुडे, स्पेस टाइम दैनिक, खबर कागज, दृष्टि, दि राइजिङ्ग नेपाल,अन्नपुर्ण पोस्ट लगाएत  अरु धेरैमा। उनका लेखलाई ख्यातिप्राप्त विदेशी दैनिकले साभर भनेर छापेका छन् र कतिले उद्धरण गरेका छन्। क्यनाडाको प्रसिद्ध पत्रिका 'दि ग्लोव एण्ड मेल', जसलाई त्यहा 'न्यूज पेपर अफ रेर्कड' पनि भनिन्छ, सोले लोहनीको विश्लेषणबाट उद्धरण गर्दा उनलाई  ‘नेपालको प्रसिद्ध राजनीतिक विश्लेषक’ भनेर लेख्ने गर्दथ्यो।

 

अर्थ-राजनीतिक विशलेषक लोहनीले सुरुदेखि नै दुईवटा कुरा भन्दै आएका छन्। पहिलो - नेपालमा मध्ययम वर्ग आफैमा शक्ति होइन तर परिवर्तनको सशक्त संवाहक हो। कार्ल मार्क्सले सर्वहारा वर्गलाई प्रयोग गरेको शव्द  ‘प्राइम मुभर’ पैचो लिएर उनले लेख्दै आएका छन - नेपालको सन्दर्भमा  ‘प्राइम मुभर’ यो मध्ययम वर्ग नै हो। यो वर्ग आफै शक्ति नभएपनि यसले नै परिवर्तन गराउँदै आएको छ। कसरी ? उनी भन्छन्, जब यसले धारणा बनाउँछ, त्यो विस्तारै तलसम्म पर्कुलेट अर्थात् अहिलेसम्म फैलिदै गएपछि त्यो नै राष्ट्रको ‘प्यासन’ बन्दछ।  यसरी यो वर्ग आफैमा शक्ति नभएर पनि परिवर्तनको सशक्त संवाहक हो। 

 

दोस्रो - नेपालको राजनीति मूलतः एउटा ग्रसित मानसिकताबाट संचालित छ। विदेशी मालिकलाई नरिझाइकन सत्तामा पुग्न पनि सकिदैन र सत्तामा टिक्न पनि सकिदैन भन्ने यो मानसिकताबाट निःसृत राजनीति भएको कारणले गर्दा नेपालको राजनीति आहिलेसम्म  ‘थेग्रिन’ सकेको छैन। ‘थेग्रिन’ नदिने शक्तिहरुको खेलवाडले गर्दा नेपालको आन्तरिक तागत स्वहा हुदै गइरहेको छ र विदेशीहरुसँगको निर्भरता खतरनाक ढंगले बढ्दै गएको छ। निर्भरता आर्थिक मात्र होइन्। अर्थसँग मिसिएको राजनीतिक निर्भरता झन डरलाग्दो हुदै गएको छ।

 

‘प्रत्येक नेपालीको हाँस्ने र बाँच्ने साझा चोक हो नेपाल’ भन्छन् लोहनी। यसैको सेरोफेरोमा, यसै घामपानीमा, यसै मेलापातमा, यसैको हासो र रोदनमा उनको अन्तर आवाज कुदिएकका छन्, अनि झंकृत भएका छन् भ्वाइडको अर्थात् यस शून्यताको यस कविता संग्रहमा। सत्ताको ‘अर्जुन दृष्टि’ मा होइन पसिना चुहाएर आफ्नो मुलुकमा बाँच्न नपाएका नेपालीहरुको लागि  ‘नेपाल दृष्टि’ मुलुक हाक्नेहरुमा चाहियो भन्ने वसन्त लोहनीको यस कविता संग्रहमा देखिएको उनको क्षमता हो - उनी शब्दसँग खेल्न सक्छन, चुन्न सक्छन्, रम्न सक्छन् र लहडिन सक्छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार