• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

काठमाडौं उपत्यकामा मात्रै थप १००७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  मात्रै थप १००७  जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

 

 थपिएका सङ्क्रमितहरुमा ४ सय ५४ महिला र पुरुष ५ सय ५३  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ ।

 

काठमाडौंमा ८३ हजार ८ सय २५ जना, ललितपुरमा १२ हजार ३ सय ८७, भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार