• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको सभामुख सापकोटाको भनाई

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन ।

 

सभामुख  सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै  कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको जानकारी दिएका छन ।

 

सकेसम्म चाँडो संसद बैठक राख्नका लागि छलफल भइरहेको पनि उनको भनाइ छ । सभामुख सापकोटाले आउँदो अधिवेशनमा सरकारले पेश गर्ने अध्यादेशमाथि छलफल हुने बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार