• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा नपरौं : प्रवक्ता शर्मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिसँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने भ्रममा नपर्न आग्रह गरेका छन्।

 

प्रवक्ता शर्माले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएकोले कुनै पनि भड्कावबाट टाढा रहेको बताएका छन्। 

 

पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको वेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको कुरा सार्वजनिक भएपछि प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । 

 

उनले ट्विटरमा लेखेका छन्, ‘बिलकुल निरपेक्ष छौँ  । पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौँ, रहनेछौँ। नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौँ ।  अतः यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौँ । जय नेपाल !’ 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार