• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी भएको बताएका छन ।

 

सामाजिक संजाल ट्वीटरमा थापाले लेखेका छन,‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्,भव्य पार्क बनाईयोस्। हाम्रो पुरा सहयोग रहने छ,तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ,निर्णय पुनः बिचार गरियोस्। द्वन्द निम्त्याउने काम नहोस् । ’ 

 

थापाले  काठमाडौं महानगरपालिकाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको बताएका छन । राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको समेत उल्लेख गरेका छन । उनको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाउन उनले आग्रह गरेका छन ।

 

०६२/६३ को जनआन्दोलनपछि  राजा रानीका नाममा रहेका सडक, क्याम्पस र पार्कको नाम परिवर्तनको लहर नै चलेको थियो। विभिन्न स्थानमा रहेका राजारानीको शालिकहरु तोडफोड भए पनि रत्नपार्कको नाम भने यथावत् नै थियो । रत्नपार्कको नाम परिवर्तन गर्ने कार्य संकिर्ण र बिकास विरोधी भएको भन्दै निर्णय पुनः बिचार गर्ने आवाज चर्को बनेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार