• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

कमरेड पाण्डे विरूद्ध अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय : वरिष्ठ नेता खनाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चितवनमा पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे विरूद्ध भएको नाराबाजीको भर्त्सना गरेका छन् ।

 

शनिबार चितवनको राप्ती नगर कमिटीको बैठक चलिरहँदा पाण्डेविरूद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका थिए । नेता खनालले शनिबारै एक विज्ञप्ति जारी गरी उक्त कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गरे ।

 

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार