• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायक अनुप गुरुङको 'गल्ती' मा गौरव र सैयारा

काठमाडौं । गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

 

यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ। गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्।

 

भिडियोमा आरजे गुरुङको छायांकन रहेको छ। राम आईडु  सहायक निर्देशक रहेको यस भिडियोलाई बालकुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

 

यसअघि गायक गुरुङले जुनी यो संगै, आँखाको नानी लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।  

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार