• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । 

 

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खराना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न हुन्छ ।

 

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले छठ पर्वमा सूर्यको पुजा आराधना गर्ने गरिन्छ । छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठीमइया भनेर पूजा पनि भनिन्छ ।

 

दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ । विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ ।

 

यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।कोरोना कहरकाबीच पनि छठ पर्वको उत्साह र उमंग तराईमा पर्याप्त देखिएको थियो । छठ पर्वको अवसरमा प्रदेश दुई सरकारले हिजो शुक्रबार सार्वजनिक विदा समेत दिएको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार