• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

भ्रष्टाचार-२

खाने लालयित हुन्छ,
खुवाउने आतुर हुन्छ,
खानेले बाध्य परिस्थीति बनाउँछ,
मोलमोलाइ चल्छ र अन्तिममा सहमति बन्छ।

 

खाने अर्को ठूलो दाउमा लाग्छ,
खुवाउने खुवाएको असुल्न अर्को चाल चल्छ,
खाने भ्रष्टाचारको बलले ठूलो बन्छ,
खुवाउने खुवाएको भन्दा कयौं गुणा कमाउँछ।

 

भाग खोज्नेले नपाए सूचना चुहाउँछ, 
भ्रष्टाचारीमाथि पनि भ्रष्टाचारको खेल चल्छ, 
कसको के ? स्वार्थहेरी सडक तात्छ,                                      
सफाइ दिलाउनेको नाममा अर्काे भ्रष्टाचारी जन्मिन्छ।

 

यिनीहरुको जालमा नचाहेर पनि पर्न पुगिन्छ,
बिरोध गरौँ शक्ति उनीहरुकै हातमा हुन्छ,
नियन्त्रण गर्ने निकाय आँखा चिम्लिन्छ,
न्या...... पनि उनीहरुकोे प्रभावमा परेको हुन्छ,

 

खाने, खुवाउने र चुप्पिकस्ने सजायका उत्तीकै भागिदार मानियोस्,
राष्ट्रका सत्रु, समाजका किरा, यिनको भलो कहिल्यै नहोस्,
यिनको सत्यानास् होस्, स्याउँ स्याउँ किरा परोस्,
गाली दिएर मात्र पुग्दैन यिनीहरुलाई देख्न पाउने दिन आओस् !!! 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार