• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

मंसिर ५ देखि ९ गतेसम्म रंगकर्मी न्यौपानेको निर्देशनमा सडक नाटक 'कहर' मञ्चन हुँदै 

काठमाडौं । चाँगु नारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा आरम्भ, कलाकारहरुको समुह नामक नाट्य संस्थाको प्रस्तुति सडक नाटक 'कहर' आज बाट सुरु भएको छ। 

 

कोरोना रोग नियन्त्रण तथा रोकथाम का लागि नगरपालिकाले नगरबासीमा चेतना जगाउन  सो नाटक मन्चन्को आयोजना गरेको नाटकका निर्देशक प्रभाकर न्यौपानेले जानकारी दिए । एक घण्टा लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेको निर्देशक न्यापानेले बताए।   

 

नाटकमा राजेन्द्र गर्तौला, प्रल्हाद खरेल,राधा श्रेष्ठ, मन्जु गिरी, बिश्वदिप घिमिरे, राजन भुजेल र सरस्वती अधिकरीले अभिनय गरेका छन्। नाटकको संगीत संयोजन सुरेश चन्द्र न्यौपानेको रहेको छ।

 

नाटक यही मंसिर ५ गते देखी ९ गतेसम्म बिभिन्न नगरपालिकाहरुका सबै वडाहरुमा मञ्चन गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार