• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि,२२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना  सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ जना पुगेको छ ।

 

मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म एक लाख ९१ ह्जार दुई जना सङ्क्रमित निको भइसकेका छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार