• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

काठमाडौं-सिमरा हवाइ भाडादर ५० प्रतिशत सस्तो (१५ सय रुपैयाँ कायम)

 सिमरा । सिमरा बिमास्थलमा विभिन्न एयरलाईन्सले सेवा बिस्तार गरे पछि भाडादर ५० प्रतिशत सस्तो भएको छ ।

 

प्रतिस्पर्धाका कारण भाडादर सस्तो भए पछि सर्वसधारणले साना तथा भाडाका सवारी छाडेर बिमानको यात्रा गर्न बढेका छन ।  हाल सिमरा–काठमाडौ १५ सय रुपैया भाडा दर कायम भएको छ ।

 

उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्माले बिमान भाडा सस्तो भएपछि पर्यटन व्यवसाय लगायतका सबै क्षेत्रमा उत्साह बढ्ने बताए ।

 

दैनीक ५ सय बढि यात्रु ओहरदोहर गर्ने बिमानस्थलमा बुद्ध एयर, श्री र यति एयरलाईन्सले  सेवा दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार