• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या साढे दुई लाख नाघ्यो

काठमाडौं । संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोरोनाका कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

 

कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो। अहिले त्यहाँ पुनस् एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धिमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

 

विज्ञ बुझाइ

बुधवार बीबीसीसँग कुरा गर्दै देशका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले देश 'एकदमै महत्त्वपूर्ण समयमा गलत दिशामा गइरहेको' बताएका छन्। किनकि जाडो बढ्दै गर्दा मानिसहरू घरभित्र बढी सीमित हुनेछन्।

 

गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले सङ्क्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ। अधिकारीहरूका अनुसार भाइरस सङ्क्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको हो।

 

यसले तीन लाख बालबालिकालाई असर पर्नेछ। त्यहाँ रेस्टुराँ र जिमखाना भने खुला रहेनछन्। संवाददाताहरूले कक्षाकोठाहरूमा भएको सङ्क्रमण निकै कम देखिएकाले अहिलेको सङ्क्रमण वृद्धि विद्यालयका कारण चाहिँ नभएको बताएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार