• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

सबै खुल्यो,चलचित्र क्षेत्र किन खुलेन सरकार ?

काठमाडौं । अहिले देशमा कोरोनाले सबै क्षेत्रलाई प्रभावित बनाएको छ । त्यसैको सबैभन्दा धेरै चपेटामा परेको छ सिनेमा हल । 

 

अहिले हल नखुलेपछि चलचित्र क्षेत्रको चहलपहल ठप्प जस्तो देखिएको छ। त्यसमाथी हलमा काम गर्ने हजारौ मजदुर ८ महिनादेखि बेरोजगार छन् । चलचित्र प्राविधिकहरुले पूर्ण रुपमा काम पाउन सकेका छैनन् । यसले चलचित्रमा आवद्ध हजारौ चलचित्रकर्मीलाई समस्या उत्पन्न हुन थालेको छ ।

 

यस्तो हुँदा पनि सरकार अझै आफनै अन्तिरक कुराहरुमा व्यस्त देखिन्छ । सरकार अझैपनि चलचित्र क्षेत्रको लागि कुनै पनि खालको सम्बोधन गर्ने सोचमा देखिँदैन । हल खोल्नका लागि प्रदर्शकहरुले आन्तरिक तयारी गरेपनि सरकारले यस बिषयमा चासो नराख्दा उनीहरु निराश छन् ।

 

भारतको बलिउड फिल्म क्षेत्र खुलेको पनि  एक महिना बढी भयो। भारतमा हल संचालकहरुले पुराना चलचित्र चलाएरै भएपनि केही मात्रामा राहतको श्वास फेरेका छन् भने दर्शकलाई हलमा फर्काउने माहोलको सिर्जना गरिरहेका छन्। तर हाम्रो देश नेपालमा भने सरकार लाचार देखिएको छ । सरकारको कुनै भिजन नै छैन । 

 

यसै क्रममा निर्माता तथा वितरक करण श्रेष्ठले सामाजिक संजालमा फोटो राख्दै  ‘सबै खुल्यो, चलचित्र क्षेत्र किन खुलेन सरकार ?  हाम्रोमा पनि मजदुर छन्’ भनेर स्टाटस लेखेका छन् । अहिले सबै आमचलचित्रकर्मीको भनाई पनि यही नै हो ।  अहिले सबैको चासोको बिषय भनेको आखिर चलचित्र क्षेत्र कहिले खुल्छ भन्ने नै हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार