• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्‍न पुनः शीतल निवासमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्‍त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बुधबार पुनः शीतल निवास पुगेका छन् ।

 

पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला ओली शीतलनिवास पुगेका हुन् । पार्टीभित्र विवाद देखिएसँगै राष्ट्रपति भण्डारीको सक्रियता देखिएको छ ।

 

राष्ट्रपति भण्डारीले हिजो मात्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।  हिजो राति पनि प्रधानमन्त्री ओली शीतलनिनवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार