• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

राप्रपा अध्यक्ष थापाले लगाए तीन बहिनीको हातबाट भाइटीका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले तीन बहिनीको हातबाट भाइटीका लगाएका छन् ।

 

बहिनीहरू बिमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट दाजु नेत्रबहादुर र भाइ गणेश थापासहित टीका ग्रहण गरेका हुन ।

 

‘दिदीबहिनी दाजुभाइबीच माया, सद्भाव र आत्मियताको रमाइलो पर्व भाइटीकाको अवसरमा सबै दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना’, उनले लेखेका छन्, ‘बहिनीहरु विमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट दाजु नेत्रबहादुर र भाइ गणेश थापासहित टीका ग्रहण गरियो । विदेशमा रहेकी बहिनी शान्तु अधिकारीलाई टाढाबाटै आशीर्वाद १’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार