• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग २–० ले पराजित भएको छ । बंगलादेशको बंगबन्धु रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल पराजित भएको हो । 

 

पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारेपनि नतिजा सुम्पन पुग्यो । पहिलो हाफमा १-० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाएपनि काउन्टर अट्याकमा गोल खाँदै हार बेहोर्न पुग्यो । उनले साद उदीनको क्रसमा वान टचमा गोल गरेका थिए ।

 

त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाए । उनी परिवर्तित खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । आजको खेलमा नेपाली युवा डिफेन्डर विकाश खवासले बंगलादेशविरुद्ध डेब्यू गरे । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यू गरे ।  

 

यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ । २०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो । अब ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार