• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

तिहारको मुखमा आकाशियो दैनिक उपभोग्य वस्तुको मूल्य

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको  मूल्य आकाशिएको छ । 

 

पछिल्ला दिनमा बजारमा अत्यावश्यक उपभोग्य वस्तु चिनी, तेल, गेडागुडीको भाउ बढेको हो । सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

 

सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा गेडागुडी र तेलको भाउ महँगो भएको छ भने पछिल्लो साता चिनीको भाउ महँगो भएको छ ।

 

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्ला दिनमा प्रतिकेजी चिनी १० रुपैयाँसम्म महँगो भएको जानकारी दिए । उनका अनुसार प्रतिकेजी ८० रुपैयाँमा किनबेच भएको चिनी बढेर ९० रुपियाँ पुगेको छ । पछिल्लो महिना गेडागुडी प्रतिकेजी २० रुपियाँ र तेलको भाउ प्रतिलिर २० रुपैयाँसम्म महँगो भएको सङ्घले जनाएको छ । भाउ बढ्नुको कारण खोज्दा पाइँदैन । पैसा महँगो तिर्नु परेको छ तर बिल पुरानै मूल्यको काट्छन् । साना खुद्रा व्यापारी जहिले पनि मर्कामा परेका छौँ, सङ्घका अध्यक्ष श्रेष्ठले थपे ।

 

उपभोक्ता अधिकारकर्र्मी ज्योति बानियाँले बजार अनुगमन गर्ने निकायको कमीभन्दा पनि यी निकायले बजारमा बसाउनुपर्ने प्रणालीको विकास गर्न नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताए ।

 

सङ्घीय संसद्अन्तर्गतको उपभोक्ता समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारलगायतका एक दर्जनभन्दा बढीले बजारको नियमित अनुगमन गरेको दाबी गरेका छन् तर खै त प्रभावकारिता ? उनले प्रश्न गरे ।

 

सङ्घीय सरकारले कानुन बनाउने र त्यसको कार्यान्वयन हेर्ने, निर्देशन दिने र स्थानीय सरकार आ–आफ्नो क्षेत्रमा उत्पादन, मौज्दात, खाद्य आपूर्ति र खपतको अवस्थाको तथ्याङ्क हुने हो भने अहिलेजस्तो चाडपर्व आउँदा सामानको भाउ मनपरी बढ्ने समस्या हुँदैन । बजारमा प्रणालीको विकास गर्न नसक्दा समस्या भएको हो, अधिकारकर्मी बानियाँले थपे ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पछिल्ला केही दिनदेखि तिहार बजार लक्षित गरेर नियमित भइरहेको र महँगो मूल्य, गुणस्तरहीन सामान बिक्री गर्नेलाई कारबाही भएको जानकारी दिए । अरू बेलाभन्दा चाडपर्वमा कारोबार पनि धेरै हुने र उपभोक्ता ठगिने सम्भावना पनि बढी हुने भएकाले त्यसैअनुसार अनुगमन हुँदै आएको उनको दाबी छ ।

 

यता काठमाडौँ महानगरपालिकाले पनि सोमबारदेखि तिहार लक्षित बजार अनुगमन गर्ने जनाएको छ । महानगरका कृषि तथा उपभोक्ता संरक्षण विभाग प्रमुख हरिबहादुर भण्डारीले तिहारमा कारोबार हुने भाइमसलादेखि फूलको माला, बिजुलीलगायत गुणस्तर र मूल्यको अनुगमन गरिने जानकारी दिए ।गोरखापत्र

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार