• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

सयपत्रीमा आत्मनिर्भरतातर्फ

काठमाडौं । सयपत्री फूलमा नेपाल आत्मनिर्भरोन्मुख रहेको सरोकारवालाले दाबी गरेका छन् । त्यसैले तिहारमा सबैभन्दा बढी खपत हुने सयपत्री फूलको माग नेपाली उत्पादनले धान्ने अवस्थामा नेपाली किसान तथा व्यवसायी रहेकाले आयातलाई निरुत्साहित गर्नुपर्ने कुरामा उनीहरूको जोड छ ।

 

एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट(अनाज) ले शनिबार आयोजना गरेको एक संवाद कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले कृषक, व्यवसायी, सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्री फूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दाबी गरे ।

 

सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्प महोत्सवमा सहयोग, सयपत्री फूल खेती प्रवद्र्धनजस्ता कार्यक्रमका कारण आत्मनिर्भरमा सहयोग पुगेको बताउँदै उनले पूर्ण आत्मनिर्भरताका लागि साना किसानमार्फत देशैभरि सयपत्री फूलको खेती विस्तारमा जोड दिनुपर्ने बताए।

 

फूलको अध्ययन अनुसन्धानका लागि भने व्यवसायीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले केन्द्रले नेपाली किसानलाई प्रोत्साहन गर्न आयातलाई रोक्ने प्रयास गरिरहेको दाबी गरे।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार