• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

'कल्पना र उर्मिला दु:खमा छन्' अब पुस्तिकामा

काठमाडौं । शिल्पी नाटकघरले 'कल्पना र उर्मिला दु:खमा छन्' नाट्य यात्राको पुस्तिका तयार पारेको छ ।  

 

लेखक कुमार नगरकोटी र शिल्पी नाटकघरका अध्यक्ष कुमार आलेले वृत्तचित्र प्रदर्शन र पुस्तिका सार्वजनिक कार्यक्रममा उक्त पुस्तिकाको विमोचन गरे । पुस्तिकामा गत असोज र कात्तिकमा गरिएको नाट्ययात्राबारे कलाकार र दर्शकका अनुभूति समेटिएको  छ। 

 

गत वर्ष दशैंको पूर्णिमाको भोलिपल्टै देखि नाट्य यात्रा सुरु भएको थियो ।  सुर्खेतबाट सुरु भएको नाट्ययात्रा त्यहाँका गाउँका विकट ठाउँसम्म पुगेको थियो । त्यहि नाट्य यात्रामा दर्शक र कलाकारका अनुभूति समेटेर यो पुस्तिका तयार पारिएको हो । 

 

कार्यक्रममा नाट्ययात्राको २१ मिनेट लामो वृतचित्र समेत प्रदर्शन गरिएको थियो । वृतचित्रमा नाट्ययात्रामा हिँडेका १७ जना समूहको यात्रा, 'कल्पना र उर्मिला दु:खमा छन्' नाटक प्रदर्शनका दृश्य समेटिएको थियो । त्यस्तै नाटकमा दर्शक सहभागी हुँदै गरेको दृश्य पनि वृतचित्रमा प्रस्तुत गरिएको थियो ।

 

रंगकर्मी  युवराजले निर्देशन गरिएको यो कचहरी नाटक १० वटा जिल्ला पुगेर ४२ पटक मञ्चन गरिएको थियो । कचहरी नाटकमा २ पटक नाटक मञ्चन हुन्छ । दोस्रो पटकको नाटक मञ्चन भइरहँदा दर्शक पनि सहभागी हुन् पाउँछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार