• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

युवा नेता पंगेनी स्कुल अफ पब्लीक पोलिसी कास्कीको अध्यक्षमा मनोनीत

काठमाडौं । बि.पी कोईराला स्कुल अफ पब्लीक पोलिसी गण्डकी प्रदेश समितिले बिपी कोइराला स्कुल अफ पब्लीक पोलिसी कास्कीको अध्यक्षमा नेपाली कांग्रेस कास्कीकी युवा नेता सरिता तिम्सिना पंगेनीलाई मनोनीत गरेको छ ।

 

बिगत डेढ दशकदेखि कास्कीमा रहेर पत्रकारिता , लोकतन्त्र,मानब अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्दे आएकी पंगेनी नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य समेत हुन ।

 

बिपी कोईरालाका आधारभुत सिद्यान्त र मान्यतालाई युवा माझ सहजीकरण गर्ने उदेश्यले पगेनीलाई बिपी कोइराला स्कुल अफ पब्लीक पोलिसीको बिधान २०७३ बमोजिम कास्की जिल्ला अध्यक्षमा मनोनीत गरिएको स्कुल अफ पब्लीक पोलिसी गण्डकी प्रदेशका संयोजक नारायण पाण्डले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार