• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

जीपी  फाउण्डेशन अमेरिकाले गर्‍यो निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण 

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले गत बुधवार, निशुल्क खाधन्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। निशुल्क खाधन्न  वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गरेको थियो। फाउण्डेशनको यो ३१ औं पटकको निशुल्क खाधन्न वितरण कार्यक्रम हो । 

 

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनसँग सहकार्य गरी ५७६ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिए । 

 

फाउण्डेशन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदि-४८ बक्स, नेजससअ न्युयोर्क पुर्व संयोजक विनोद सुवेदि-१० बक्स, नेका गोर्खा जिल्ला पुर्व सभापति बुद्वि श्रेष्ठ-५ बक्स,नेका युवा नेता आङवावु शेर्पा-२५ बक्स, नेजससअ न्युयोर्क सचिव अनिल पाण्डे-४८ बक्स, तेन्जीङ डाक्पा ५ बक्स र लाईन मार्फत सार्वजनिक बितरण ४३५ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेशन अमेरिकाले वितरण गरेको थियो।

 

फाउण्डेशनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर  उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य एंव महिला संयोजक सुश्री दावा शेर्पा खटिएका थिए भने स्वयंसेवीहरु नेका युवा नेता  फुर्वा शेर्पा, सुश्री निमा शेर्पा, लोक दोहरी गायिका संगीता थापा, समाजसेवी द्वय आङ नीमा गेल्जे शेर्पा र टंक खडका, नेका नेत्री कमला पन्त-न्युयोर्क लगायत खटिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार