• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थपिए ३५१७ कोरोना भाइरस सङ्क्रमित

काठमाडौं। नेपालमा कोरोना भाइरसका तीन हजार ५१७ जना सङ्क्रमित थपिएका छन् ।

 

पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित १ लाख ६८ हजार २३५ पुगेको छ । देशभर ३०० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४ हजार ९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएर घर फर्केका छन् । हाल ३८ ह्जार ३५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार