• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

डुंगा दुर्घटनाग्रस्त हुँदा १ सय ४० जना आप्रवासीको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १ सय ४० जना आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले जनाएको छ । 

 

सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ । गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए, तर झण्डै एक तिहाई डुंगामा समस्या आएको समाचारहरुमा जनाइएको छ ।

 

यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको वताइएको छ  । तर सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो । 

 

काठमाडौं । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १ सय ४० जना आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले जनाएको छ । 

 

सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ । गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए, तर झण्डै एक तिहाई डुंगामा समस्या आएको समाचारहरुमा जनाइएको छ । एजेन्सी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार