• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीमा कोरोना संक्रमण 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबारदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये पाँच जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ ।

 

कोरोना देखिएका चारै खेलाडी सेल्फआइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट प्रशिक्षण शुरु गरेको छ । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ ।

 

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  कोरोना महामारीका कारण घरेलु फुटबल ठप्प रहेको अवस्थामा एन्फाले खेलाडीलाई चलायमान बनाउन मैत्रीपूर्ण खेलको तयारी अघि बढाएको हो ।

 

कोरोनाका कारण गत चैतबाट खेलाडीहरु मैदान फर्कन पाएका थिएनन् । बंगलादेशको प्रस्ताव स्विकार गर्दै एन्फाले खेलाडीको अभ्यास सुरु गरेको हो । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार