• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

कोरोना नेगेटिभ आएपनि बाचेनन् पत्रकार विष्णु चौलागाई

काठमाडौं ।  पत्रकार विष्णु चौलागाइको निधन भएको छ । काभ्रेबाट प्रकाशित हुदै आएको काभ्रेपोष्टका संस्थापक तथा प्रधान सम्पादक चौलागाइको गएराती निधन भएको हो ।

 

काठमाडौस्थीत ओम अस्पतालमा उपचार गराइरहेका चौलागाइको उपचारपछि कोरोना नेगेटिभ देखिइसकेको थियो । निमोनियाका विरामी समेत रहेका चौलागाइको कलेजो र फोक्सोमा समस्या भएपछि निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

 

उनको अहिले केहीबेरमा काठमाडौ पशुपति आर्यघाटमै अन्त्यष्टि गर्ने तयारी भइरहेको परिवारजनले जनाएका छन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

 

झण्डै तीन दशक देखि पत्रकारितामा क्रियाशिल चौलागाइले दुई दशकभन्दा बढी समयदेखि निरन्तर काभ्रेपोष्ट प्रकाशन गर्दै आएका थिए । नेपाल प्रेस युनियन काभ्रेका पूर्व अध्यक्ष समेत रहिसकेका चौलागाई अहिले पत्रकार महासंघको जिल्ला कार्यमितिको सदस्य थिए । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार