• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

कोलकातामाथि चेन्नईको रोमान्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । 

 

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले चेन्नईलाई जितका लागि दिएको १७३ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाउन सफल भयो ।चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । 

 

त्यस्तै अम्बाती रायडुले ३८ रन बनाउँदा रवेन्द्र जडेजाले ३१ रनको योगदान गरे । बलिङतर्फ कोकाताका लागि प्याट कमिन्स र वरुन चक्रवर्तिले समान दुई–दुई विकेट लिए। कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २र२ विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।यस्तै शुबमन गिलले २६ रन जोड्दा दिनेश कार्तिकले अविजित २१ रन बनाए । बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले दुई विकेट लिए । त्यस्तै मिचेल स्टेनर, रविन्द्र जडेजा र करन शर्माले समान एक–एक विकेट लिए । 

 

यो संगै मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

 

कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ८ मा हार र ५ मा जित सहित पुछारमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार