• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

उपत्यकामा थपिए एक हजार ६१५ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६१५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । 

 

काठमाडौंमा मात्र हालसम्म १६ हजार ५२१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको छ । 

 

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४७० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

 

यो संगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७३ हजार १ सय ३ पुगेको छ । काठमाडौंमा ५९ हजार २ सय ३४ जना, ललितपुरमा ८ हजार ३ सय ५० , भक्तपुरमा ५ हजार ५ सय १९ जना संक्रमित थपिएका छन् 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार