• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते बस्ने भएको छ। 

 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए।

 

बैठक पार्टीको आगामी १४औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने पनि मुख्य सचिव पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार